परराष्ट मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार चीनले पेटोलियम पदार्थ उपलब्ध गराउने प्रस्ताव स्वीकार्दै उसले दुवै देशले अध्ययन, परीक्षण गर्ने, मूल्य निर्धारणको विषय तथा ढुवानीलगायतका विषयमा संयुक्तरुपमा अध्ययन गरिनेछ।
नेपालमा चिनियाँ पर्यटकको संख्या तिब्र रुपमा बढ्ने चीनले जानकारी गराएको छ। यसको लागि नेपालले चिनियाँ पर्यटकका लागि भिसा शुल्क नलिने व्यवस्था गर्ने छ।
यसैगरी भेटमा नाकालाई स्तरोन्नति गर्ने र नयाँ नाका पनि खोल्ने सहमति भएको छ। चीनले भुइँचालो गएपछि अबरुद्ध तातोपानी नाकालाई प्राथमिकतामा राखेर छिटै खोल्न आश्वासन दिएको छ।चीनले व्यापार, लगानी ऊर्जा, पर्यटन र विकास निर्माणमा सहयोग जनाएको छ।
0 comments:
Post a Comment