संविधान कार्यान्वयनमा अवरोध गर्नेलाई प्रधानमन्त्रीको चेतावनी (भिडियो सहित)

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा अवरोध गरी जनताका अधिकार हनन् गर्नेहरुलाई कारवाही गर्ने चेतवानी दिएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले मुलुकको विविधतालाई एकतामा गाँस्ने तथा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सहित नागरिकका सबै अधिकार समेटिएको नयाँ संविधानको विरोध गर्नुको औचित्य नरहेको बताए । संविधान कार्यान्वयन तर्फ मुलुक अघि बढेको उनको भनाइ छ ।
विभिन्न बहानामा मुलुकलाई द्वन्द्वमा फसाउने गतिविधि नियन्त्रण गर्न सरकार सचेत रहेको भन्दै प्रधानमन्त्री ओलीले संविधान बनाउनका लागि गठन गरिएको संविधानसभाबाट संविधान जारी भएकाले विरोध गर्नुको तुक नरहेको जिकीर गरे ।
देश अप्ठ्यारो अवस्थामा रहेका बेला तस्करी र कालोबजारी गर्नेहरुलाई कारबाही गर्ने बताएका उनले नाकाबन्दीपछि उत्पन्न असहज परिस्थितिको छिट्टै अन्त्य हुने आश्वासन दिए- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment