Prime Minister Prachanda aggressive narakhepachi aolile tripartite talks

Advertisement

प्रधानमन्त्री केपी ओलीले तराई-मधेसको गतिरोध अन्त्य हुने गरी तीन दलको साझा धारणा बनाउन त्रिपक्षीय बैठक बोलाउने समझदारी गरे पनि त्यसको पालना नगरेको भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट भएका छन्।
प्रधानमन्त्री ओली र दाहालबीच आइतबार बिहान बालुवाटारमा त्रिपक्षीय बैठक बोलाउने समझदारी भएको थियो। कांग्रेस र मधेसी मोर्चासँग शनिबार भएको छलफलबारे जानकारी गराउने क्रममा आइतबार बिहान प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालले बालुवाटारमा वार्ता गरेका थिए।
दाहालका सहयोगी शिव खकुरेलका अनुसार त्रिपक्षीय वार्ताका लागि दाहालले विराटनगरबाट साँझ पाँच बजे आउने जहाजको टिकट तीन बजे सारेर काठमाडौं फर्किएका थिए। ‘पूर्वीनेपालको कार्यक्रम छोट्याएर आउनुभएको थियो, काठमाडौं आएर बुझ्दा त त्रिपक्षीय बैठक नै बोलाएको रहेनछ,’ खकुरेलले भने।
स्रोतका अनुसार आफू हतारिएर काठमाडौं आउँदा पनि बैठक नबोलाएको जानकारी पाएपछि दाहाल आक्रोशित भएका थिए। दाहालले शनिबार कांग्रेस र मधेसी मोर्चासँग संयुक्त र छुट्टाछुट्टै वार्ता गरेका थिए। आफ्नो अथक प्रयासका बाबजुद सरकारको नेतृत्व गरेका प्रधानमन्त्री बैठक बोलाउन उदासीन रहेको भन्दै दाहाल आक्रोशित भएका हुन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment