सिन्धुलीका भूकम्पपीडितले दैनिक एक छाक खाने अन्न पनि नभएको गुनासो गरिरहेका बेला प्रशासनले भने एक सय २० क्विन्टल चामल कुहाएर नष्ट गरेको छ।
भूकम्पपीडितका लागि विभिन्न सहयोगी निकायबाट प्राप्त चामल समयमा वितरण नगर्दा कुहिएपछि जलाएर नष्ट गर्नुपरेको हो।जिल्ला दैवी प्रकोप उद्धार समितिले भण्डारण गरेर सभागृह हलमा राखेको ३० केजी दरका चार सयभन्दा बढी बोरा चामल कुहिएर कामै नलाग्ने भएपछि रातारात जलाएर नष्ट गरिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
स्थानीय राजनीतिक दल तथा जिविस र उद्धार समितिको लापरबाहीले गर्दा आफूहरू भोकभोकै बस्नुपरेका बेला जिल्लामा आएको चामल नष्ट गरिएको पीडितको आरोप छ।वैशाख १२ गतेको भूकम्पपछि वर्षात्को समयलाई लक्षित गरेर चामल भण्डारण गरेको भए पनि उचित व्यवस्थापन गर्न नसक्दा कुहिएको भूकम्पपीडित रामेश्वर खड्काले बताए।
‘राजनीतिक दल र जिल्ला प्रशासनले पनि बेवास्ता गरेका कारण सयौं बोरा चामल खाडलमा हालिएको छ, योगम्भीर त्रुटि हो,’ उनले भने। जिल्लाको बोसेश्वर, झाँगाझोली, रातमाटा, पुरानो झाँगाझोली, कुशेश्वर, दुम्जा, क्यानेश्वर, हरिहरपुरगढीलगायतका गाविसका भूकम्पपीडित खाद्यान्न अभावमा भोकभोकै बस्न बाध्य छन्।
- See more at
0 comments:
Post a Comment