The UAE is a hard Nepali Story, for which the home made car

Advertisement

आफ्नो मुलुक र घर छोडेर रोजगारीका लागि युएइ पुगेका डम्बरजंग गुरुङसँग काम भ्याएपछि आराम गर्नलाई एउटा कोठा छ । तर काम पर्‍यो ड्राइभरको । कतिबेला कहाँ कुद्नुपर्छ पत्तो छैन। त्यसैले उनी कोठामा धेरै बस्न पाउँदैनन्। बरु आफूले चलाउने गाडी नै उनको लागि आश्रयस्थल बनेको छ । युएइमा कार्यरत नेपाली डम्बरजंग गुरुङका बारेमा युएइको द नेसनल पत्रिकामा प्रकाशित समाचार -
अनवर अहमद –
अबु धाबीः डम्बरजंग गुरुङका लागि मालबाहक गाडी नै उनको घर हो। १० वर्षदेखि युइइमा मालबाहक गाडी चलाउने यी नेपाली नागरिकले यहाँ धेरै अनिदा रात बिताएका छन्।
युएइबाट टाढा टाढा जस्तो कि कतार जाँदा जब स्टेरिङबाट फुर्सद मिल्छ, यी ५० वर्षे सडक किनारमा खाना बनाउँछन्, पेट्रोल पम्प वा सडक किनारका मस्जिदमा नुहाउँछन्।
‘यो गाडी नै मेरो घर हो’, गुरुङ भन्छन्। मुसाफामा रहेको वर्कर्स भिलेज (कामदार बस्ने ठाउँ) मा उनको कोठा छ तर उनी महिनामा एकसाता पनि मुस्किलले बिताउन पाउँछन्।
‘हाम्रो काम बिहान ९ बजेदेखि दिउसो ४ बजेसम्मको अफिसको कामजस्तो होइन’, उनी भन्छन्।
सडकको जीवन दिक्कलाग्दो हुन्छ। उनले कति रात अनिदो काटेका छन्। अनिदै मरुभूमिमा गाडी हाँक्दै उनी घना बस्तीहरुमा छिर्छन्, गन्तब्यसम्म पुग्छन्।
‘हाम्रो अप्ठ्यारो काम र काम गर्ने अप्ठ्यारो समयले गर्दा हामी ६/७ घण्टाभन्दा बढी सुत्न पाउँदैनौँ’, उनी भन्छन्, ‘हाम्रो काम २४ घण्टा चल्छ, सामानको अर्डर जतिबेला पनि आउन सक्छ।‘ मालबाहक गाडीका चालकहरु समयमा सामान पुर्‍याउने र अर्को कामका लागि तुरुन्त कम्पनी वा कोठामा फर्किने दबाबमा रहिरहन्छन्।
‘मेरो गाडीको टप स्पिड भनेको ८० किलोमिटर प्रतिघण्टा हो। स्पिड लिमिट ८० राखिएको छ, हामी त्यो भन्दा बढीक दाउन सक्दैनौँ।
क्लियरेन्सका लागि सीमानाकामा पर्खिनु सबैभन्दा ठूलो समस्या हो। यसका लागि धेरै समय लाग्छ। कहिलेकाहीँ त यसका लागि १० दिनसम्म लाग्छ यदि कागजातमा समस्या देखियो भने। तर सामान्यतया यसका लागि साउदीको सीमामा दुईदेखि तीन दिन लाग्छ‘, उनी भन्छन्।
‘मलाई आफै खाना बनाउन मन पर्छ। मलाई रेस्टुरेन्टको खाना मन पर्दैन किनभने त्यो धेरैजनाका लागि बनाइन्छ र स्वादिलो पनि हुँदैन’, गुरुङ भन्छन्।
सीमा निरीक्षकहरुले कार्गो र गाडी परीक्षण गर्छन् तर यसको प्रक्रिया अत्यन्त ढिलो हुन्छ। फलस्वरुप बोर्डर क्रस गर्न त्यहाँ सयौँ गाडीहरु लाइनमा बस्नुपर्ने हुन्छ।
‘हामी ६ देखि ७ घण्टामा साउदी बोर्डर पुग्छौँ। तर कतार पुग्न हामीले देशभित्रै दुई हजार किलोमिटरजति गाडी चलाउनुपर्छ’, उनी भन्छन्।
गुरुङका दुई छोरी र एक छोरा छन्। उनको मासिक तलब १९५० दिराम छ। कमिसन छुट्टै पाउँछन्। कमिसन सालाखाला ३००० दिरामसम्म पुग्छ।
तर उनी कति कमाउँछन् भन्ने कुरा एक महिनामा कति ट्रिप भर्न सक्छन् भन्नेमा निर्भर हुन्छ। उनी फालमका सामान, पाइप, स्टिल उत्पादन र आल्मुनियमका सामानले भरिएका कन्टेनर घिसारिरहेका हुन्छन्।
उनी परिवारका सदस्यको स्वास्थ्य, शिक्षा र दैनिक खर्चका लागि हरेक महिना ३४५९ दिराम (करिब एक लाख रुपैयाँ) घर पठाउँछन्।




सुरक्षा उनको नम्बर एक प्राथमिकता हो तर सबै सडक प्रयोगकर्ता यसमा सचेत छैनन्। ‘साना कार हाम्रा लागि चुनौति हुन्। जब उनीहरु भूलबस लेनमा घुस्छन्, हामी उनीहरुलाई देख्दैनौँ। र, उनीहरुजस्तो मुभ गर्न पनि सक्दैनौँ’, उनी भन्छन्।
ढिलो कुद्ने मालबाहक गाडीलाई ओभरटेक गर्ने इच्छालाई उनी रोक्छन् किनभने त्यसबापत उनलाई जरिवाना हुन सक्छ।
‘यदि ओभरटेक गरेको भेटियो भने हामीलाई १० हजार दिरामभन्दा बढी जरिवाना हुन्छ। धेरै ड्राइभरहरु जरिवानामा पर्छन्’, गुरुङ भन्छन् ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment