नागरिकबाट - सम्झौता नगरी कामदार जाने गरेको साउदीसँग सरकाले बल्ल श्रम सम्झौता अगाडी बढायो::a

Advertisement

१९ पुस - लामो समयदेखि श्रम सम्झौता नगरी कामदार जाने गरेको साउदीमा बल्ल नेपाल सरकारले श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ।

श्रम सम्झौता नगरी कामदार वैदेशिक रोजगारीमा जाँदा आर्थिक, शारीरिक र मानसिक शोषणमा पर्ने घटना वृद्धि भएपछि श्रम सम्झौता गर्नुपर्ने दबाब खेपिरहेको साउदी सरकारले सहमित जनाउँदै यही पुस २७ र २८ गते नेपाली टोलीलाई साउदी बोलाएको छ।

श्रम सम्झौतालाई टुंगोमा पुर्‍याउन साउदी सरकारले मिति तय गरेर नेपाली टोली बोलाएपछि श्रम तथा रोजगार र परराष्ट्र मन्त्रालयका सहसचिव सम्मिलित प्राविधिक टोली रियाद जाने तयारीमा जुटेको छ।
साउदीमा हुने दुवै देशका प्राविधिक टोलीले छलफल गरेपछि श्रम सम्झौताको अन्तिम मिति तय हुने कार्यक्रम छ ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment