सनातन धर्म दर्शनले नारीहरुको महिनाबारी हुदा खेरि केहि दिन बार्नु पर्ने नियम छ ,जसलाई हामी केहि पढेलेखेको भनाउदोहरु रुढीवादी ,अन्धविश्वास भन्छौ तर त्यो भित्रको वास्तविक सत्यता बुझ्ने कोशिस कहिले गर्दैनौ |
नारीको स्वास्थ्यलाइ ध्यानमा राखेर नै हाम्रा अग्रज ऋषिमुनिहरूले यसलाई लागु गरेका हुन् त्यो पनि गहन अध्यन गरेर नै | त्यो समयमा नारीलाई अधिक रक्तश्राब भै स्वास्थ्यमा कमजोरी हुने देखेर नै त्यो बार्ने नियम लागु गरिएको हो|
जुन आजको अत्याधुनिक युगमा पनि उतिकै उपयोगी छ |तर यसको उपयोगिता लाई छोरीबुहारी बसेर खाए भन्दै त्यो बेलाका केहि धर्मभीरु पाखण्डीहरुले नारीलाइ अझै काममा लगाए | जसले गर्दा यो नारी उपयोगी प्रथालाइ बदनाम गरायो |
0 comments:
Post a Comment