Bangladesh Cricket World Cup Victory continued U -1 9 ::

Advertisement




काठमाडौं, १४ माघ - बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले न्युजिल्याण्डलाई २ सय ३९ रनको चुनौती दियो । नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर २ सय ३८ रन बनायो ।

नेपालका कप्तान राजु रिजालले ४८, सन्दिप सुनार र आरिफ शेखले समान ३९, कुशल भुर्तेलले ३५, राजविर सिंहले २४, सुनिल धमलाले १५, योगेन्द्र सिंह कार्की ६ तथा प्रेम तामाङले नटआउट चार रन बनाए ।

न्युजिल्याण्डका नाथन स्मिथले तीन, क्रिष्टियन लियोपार्ड, अनिकेट पारिख, रचिन रविन्द्र तथा जोस फिन्नीले समान एक एक विकेट लिए।



यसअघि सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको थियो । नेपालले दोस्रो खेलमा शनिबार आयरल्यान्ड र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।

मलेसियामा गएको अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनौट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपाल आयरल्यान्डलाई पराजित गर्दै छनौट भएको हो । यो प्रतियोगितामा नेपालसहित १६ टोली सहभागी छन् ।

चार समूहमा रहेका टोली मध्ये प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनौट हुनेछन् । नेपालले यो खेल जिते अघिल्लो चरण प्रवेशका लागि सम्भावना बलियो बनाउने छ ।- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment