North Korea made missiles that could strike the United States view the video, including how much of its power

Advertisement

काठमाडौँ, १४ माघ - गत जनवरी ६ मा हाइड्रोजन बम बनाएर विश्वभर सनसनी मच्चाएको उत्तर कोरियाले फेरि अर्को हतियार बनाएको छ।

उसको छिमेकी देश जापानले गरेको दाबी अनुसार उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने मिसाइल बनाइसकेको छ। चाँडै नै सो मिसाइलको परीक्षण गर्ने तयारीमा उत्तर कोरिया लागेको छ। समाचार अनुसार उत्तर कोरियाली तानाशाह किम जोङ्ग उनले अमेरिकालाई लक्षित गरी हमला गर्ने धम्की दिएको समाचार आएको भोलिपल्ट यो मिसाइलको कुरा बाहिर आएको हो।

जापानको क्योदो समाचार एजेन्सीले एक अधिकारीको हवाला दिँदै अघिल्लो हप्ता उत्तर कोरियाले लामो दुरीको मिसाइल परीक्षण गर्न सक्ने समाचार छापेको थियो। यो दाबी उत्तर कोरियाको टोङ्गचेङ्ग री मिसाइल टेस्ट साइटको स्याटेलाइट तस्बिरको जाँच गरेपछि गरिएको हो।

यही दाबीका बीच राष्ट्र संघ सेक्युरिटी काउन्सिलमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउनेबारेमा चर्चा शुरू भएको छ।

उत्तर कोरियाले ६ जनवरीमा हाइड्रोजन बमको सफल परीक्षण गरेपछि उसमाथि प्रतिबन्धको तयारी भइरहेको छ। यसभन्दाअघि उत्तर कोरियाको न्यूक्लियर कार्यक्रमलाई लिएर उसले राष्ट्रसंघको कडा प्रतिबन्ध ब्यहोरिरहेको छ।

उत्तर कोरियाले अन्तिम पटक सन् २०१२ मा लामो दुरीको मिसाइलको सफल परीक्षण गरेको थियो। विज्ञहरुका अनुसार उत्तर कोरिया एउटा महादेशबाट अर्को महादेशसम्म हान्न सकिने ब्यालिस्टिक मिसाइल बनाउने काममा लागिरहेको छ।

उत्तर कोरियाको मिसाइल क्षमताको कुरा गर्दा यो देश आणविक हतियारको महाशक्ति बन्ने दौडमा लागेको छ। उत्तर कोरियाले बनाएका मिसाइलले अमेरिकाको केही भाग, भारत, चीन, रूस र जापानसम्म सजिलै पुग्ने क्षमता राख्छन्।

उत्तर कोरियासँग हाल ट्यापोडोन्ग, मुसुदन र नोडोन्ग जस्ता शक्तिशाली मिसाइल रहेका छन्। उत्तर कोरियाले ट्यापोडोन्ग-१ र ट्यापोडोन्ग-१ मिसाइल पनि बनाइसकेको छ। ट्यापोडोन्ग-२ को क्षमता करिब दश हजार किलोमिटर सम्म रहेको छ।

यसको अर्थ उत्तर कोरिया कयौ देश (दक्षिण पूर्वी एसियासँगै उत्तर अमेरिकाको पश्चिमी भागसम्म) मा बम खसाउन सक्षम छ। समाचार अनुसार ४ जुलाई २००६ मा ट्यापोडोन्ग-२ मिसाइलको परीक्षण असफल भएको थियो। तर यसको वर्तमान मोडल अमेरिकासम्म न्यूक्लियर हतियार लैजान सक्षम छ।

अर्कातिर विज्ञहरुले यो मिसाइलले ५०० किलोग्रामसम्मको पेलोड लैजान सक्नेमा यो मिसाइल सक्षम रहेको अनुमान लगाएका छन्।


Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment