पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सीमांकनको विवाद तत्काल टुङग्याउँदा राम्रो हुने बताएका छन् ।
समानुपातिक समावेशीता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरामा मोटामोटी सहमति बनिसकेको भन्दै उनले भने-सीमांकन तत्काल टुङग्याउँदा राम्रो हुन्छ । त्यसो गरे झगडाको बिऊ बाँकी रहँदैन । नभए मधेस आन्दोलन राजनीतिक दलको हातबाट अरु तिर जाने खतरा छ ।’
पहिलो संविधानको राज्य पुनःसंरचन तथा राज्य शक्तिको बाँडफाँड समिति र सरकारले गठन गरेको राज्य पुनःसंरचना आयोगको प्रतिवेदनको वरिपरी रहेर समाधान खोज्न सकिने उनले बताए ।
नयाँ शक्ति निमार्णका प्रमुख अभियन्ता भट्टराईले मधेस समस्या सम्वादबाट समाधान गर्नु पर्ने बताए । उनले भने, मैले आन्दोलनकारी र राज्य पक्षीय दलहरुसँग पनि कुरा गरिरहेको छु । कसैले जितेको वा हारेको अवस्था होइन, त्यसैले यो वार्ता सम्वादबाटै समाधान हुन्छ ।’
- See more
0 comments:
Post a Comment