बार्सिलोना । भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झना गर्दै तमु समाज स्पेनले ल्होछारको उपलक्ष्यमा शान्ति तथा स्वस्ती पूजा सम्पन्न गरेको छ। अकल्पनीय रुपमा गत बर्ष भूकम्पमा परी हजारौले ज्यान गुमाएकाहरुको सम्झना तथा घाईतेहरुको शीघ्रस्वास्थ्यलाभको कामाना गर्दै समाजले पूजा सम्पन्न गरेको हो। शुक्रबार बार्सिलोनामा आयोजित कार्यक्रममा कासा डेल टिबेटका अध्यक्ष वाङ्ग चुङ्गले करिब २० मिनेट सम्म शान्ति पूजा गरेका थिए।
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य एकराज गिरीले कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ल्होछारमा, नेपाल र नेपालीहरुको सम्झना गर्दै निकै फरक ढंगले कार्यक्रम आयोजना गरेको भन्दै तमु समाजको प्रशंसा गरे । तमु समाज स्पेनकी अध्यक्ष ज्योती गुरुङले बर्ष २०१५ मा गएको भूकम्पका कारण,सबै नेपालीहरुलाई भाबबिहोल बनाएको भन्दै यस बर्ष फरक किसिमको कार्यक्रम राखेको बारे जानकारी गराईन्।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष बेन बहादुर गुरुङ,एनआरएनए स्पेनकी उपाध्यक्ष जानुका रेग्मी खनाल,पत्रकार वसन्त रानाभाट, गौतम गुरुङ, कुमार गुरुङ लगायतले बोलेका थिए। शान्ति तथा स्वस्ती पुजा सम्पन्न भए पछि केहि मौलिक गीत तथा नृत्यहरु कलाकारहरुले प्रस्तुति गरेका थिए।
कलाकार धन बहादुर गुरुङले गरेको नृत्यलाई सबैले मन पराए। गीत संगीत तथा नृत्य देखाउँदै समी गुरुङ,गौतम गुरुङ,शोभा गुरुङ् मारीया गुरुङ्,शरण गुरुङ् ,प्रेक्षा गुरुङ,प्रेरक गुरुङ् लगायतले मनोरञ्जन प्रदान गरे। समाजकी अध्यक्ष ज्योती गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव बेल काजी गुरुङ र कोषाध्यक्ष दीपा गुरुङले गरेका थिए।
0 comments:
Post a Comment