उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले माघसम्म लोडसेडिङ अझै बढ्ने बताएका छन् ।

Advertisement

उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले माघसम्म लोडसेडिङ अझै बढ्ने बताएका छन् । सोमबार रिपोर्टस क्लवमा साक्षात्कार गर्न पुगेका मन्त्री रायमाझीले माघसम्म लोडसेडिङ्ग अझै बढ्ने र फागुनपछि क्रमशः सुधार आउने बताए ।

सरकारले बिहान बेलुका खाना पकाउने समयमा बिजुली दिएकाले अत्यधीक हिटर प्रयोग भएको र ट्रान्सर्फमर धेरै पडकिएको मन्त्री रायमाझीले बताए ।

ट्रान्सर्फमर दिनमा एउटाभन्दा बढी बनाउने प्रविधि नभएकाले समस्या परेको भन्दै मन्त्री रायमाझीले विभिन्न स्थानमा ट्रान्सर्फमर बनाउने काम भइरहेको र नयाँ खरिद प्रक्रियासमेत अघि बढाएको बताए ।

उर्जामन्त्री रायमाझीले ग्यास र पेट्रोलियम पदार्थको कालोबजारी एक घण्टामा नियन्त्रण गर्न सकिने ठोकुवा गरे । आन्दोलनकारीले नै ग्यालेन बोकिरहेकाले समस्या भएको उनले बताए । उनले सस्थागत कालोबजारी बन्द गर्न सरकार लागेको बताउँदै जनतालाई उपलब्ध भइरहेको ग्यास नियन्त्रणमा भने समस्या रहेको बताए ।

मन्त्री रायमाझीले एक वर्षभित्र जनताले महसुस गर्ने गरी लोडसेडिङ्ग अन्त्य गर्न यो महिनाभित्रै उर्जा संकट निवारण काल घोषणा गर्ने बताए ।

जलविद्युत आयोजनाहरुलाई तिब्रताका साथ अघि बढाउने र बिग्रेका आयोजनालाई द्रुत गतिमा अगाडि बढाउने मन्त्री रायमाझीले बताए । यसका लागि आवश्यक ईन्धन उपलब्ध गराउने उनको आश्वासन छ ।

ठूला जलाशययुक्त आयोजना निर्माण योजनालाई अघि बढाउनुका साथै ट्रान्समिसन लाइन निर्माण र सौर्य उर्जा उत्पादनका योजनाहरु यसमा समेटिएको रायमाझीले जानकारी दिए ।

उपप्रधानमन्त्री रायमाझीले भने, ‘२ सय ५० मेघावाट विद्युत उत्पादन अन्तिम चरणमा छ, त्यसबाट हिउँदमा १ सय मेघावाट उत्पादन हुन्छ, बिग्रेका आयोजना मर्मत हुँदा १ सय मेघावाटा थपिन्छ र ढल्केबर-मुजफरपुर प्रशारण लाइन बनेपछि १ सय मेघावाट थपिन्छ । योसँगै सोलारमा जाँदा अर्को वर्षसम्म १२ सय मेघावाट विद्युत उत्पादन सगर्न सकिन्छ । यसबाट अर्को वर्षसम्म जनताले महसुस गर्न सक्ने गरी लोडसेडिङ अन्त्य गर्न सकिन्छ ।’

साथै दुई वर्षभित्र जलविद्युतबाट मात्रै लोडसेडिङ्ग अन्त्य गर्न सकिने उनले बताए । उनले भने- ‘यसका लागि माष्टर प्लान बन्दैछ ।’

- See more at:
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment