मधेसवादी दलहरुको आन्दोलनको केन्द्र बताइएको पर्साको वीरगञ्जमा पुगेर युवा संघले देश टुक्राउने नारा लाउने मधेसवादी दललाई कारबाही नगरे आफैं प्रतिकारमा उत्रने चेतावनी दिएको हो। वीरगञ्जको परवानीपुर र घन्टाघरमा युवा संघले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजीब पहारीले मधेस आन्दोलनलाई तत्काल निकास दिन पनि सरकार र दलहरुसँग माग गरेका छन्।
‘मधेस केन्द्रित दलहरुले नेपलालाई विखण्डन गर्न खोज्दैछन्। उनीहरुलाई कि सरकारले कारबाही गरोस कि निकास दिनुपर्यो’, अध्यक्ष पहारीले भने, ‘सात दलबाट नागरिकता बाँड्दा नेपाली नागरिकता लिएका भारतीय पञ्चायत ग्राम चुनावमा पराजित नेपालका सांससद्हरुमाथि पनि छानिबन होस् ।’
जम्बो मन्त्रिपरिषद् बनाउनु बेठीक
युवा संघले आफ्नै माउपार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारले जम्बो मन्त्रिमण्ड बनाइएकोमा आपत्ति जनाएको छ ।
‘यो बेला जम्बो मन्त्रिमण्डल बनाउने होइन । यसले जनतामा नराम्रो सन्देश गयो’, अध्यक्ष पहारीले भने, ‘सरकारले मन्त्री थप्ने र विस्तार गरी जम्बो बनाएर बेठीक ग¥यो । अहिले मधेसमा आर्थिक प्याकेजका कार्यक्रम घोषणा गरेर अघि बढ्नु जरुरी छ ।’
मधेसका ८० प्रतिशत कर्मचारी आन्दोलनमा
करिब एक महिनादेखि मधेसका १२ वटा जिल्लामा अभियान लिएर पुगेको युवा संघ नेपालले मधेस आन्दोलन चर्केका जिल्लामा त्यहाँका ८० प्रतिशत सरकारी कर्मचारी आन्दोलनकारी भएकाले उनीहरुमाथि कारबाही माग गरेको छ ।
‘मधेसका ८० प्रतिशत सरकारी कर्मचारीहरु कथित मधेस आनन्दोलन लागेका छन्’, युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालले भने, ‘सरकारको काम छाडेर राजनीतिक आन्दोलनमा होमिनेहरुलाई सरकारले कारबाही गर्न खुट्टो कमाउनु भएन ।’
पाँच सयमा नागरिकता बेचियो
युवा संघले मधेसका १२ वटा जिल्लामा अभियान चलाइरहँदा भारतीयदेखि भुटानी नागरिलाई समेत कर्मचारी र स्थानीय नेताहरुले नेपाली नागरिकता विक्री गरेको पाइएको जनाएको छ।
संघले भुटानी र भारतीयलाई ५ सयदेखि १ हजार रुपैयाँमै नेपाली नागरिकता बाँडिएकाले अहिलेको समस्या आएको जनाउँदै ती नागरिकता खोस्नेतर्फ सरकारको ध्यानाकर्षण गरेको छ। - See more at: http://www.dcnepal.com/news/news.php?nid=184939#sthash.FLTMekOb.dpuf
0 comments:
Post a Comment