आखिर कसरी र कुन स्थानमा बन्छ हो नेपालमा फिल्म सिटी, गफ मात्र हुन्छ, काम केही हुने होइन

Advertisement





प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखाको पालुङटार आसपासमा स्मार्टसिटी बनाउने र त्यही फिल्मसिटी समेत निर्माण गर्ने घोषणा गरेको दुइसाता भयो ।

ओलीको अभिब्यक्ति आएको दुईसातापछि ओली सरकारकै पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले फिल्मसिटी दोलखामै बन्ने ठोकुवा गरेका छन् । ‘प्रधानमन्त्रीले कुन प्रसंगमा त्यसो भन्नुभयो मलाई थाह भएन तर, दोलखामा फिल्मसिटी बनाउने विषयमा म प्रतिबद्ध छु ।’ दोलखाली पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले भने ।

फिल्मसिटीका लागि आवश्यक पर्ने सडक, बिजुली बत्ती र खानेपानीको लागि पनि काम सुरु भैसकेको भन्दै मन्त्री पोखरेलले दोलखामा फिल्मसिटी निर्माण भएपछि पर्यटकमा समेत बृद्धी हुने बताए ।

विकास निर्माणका सवालमा दोलखाका सबै राजनितीक दल एक हुने भन्दै उनले भने-‘फिल्मसिटी नबन्ला कि भनेर शंका नगर्नु होला तर, वाचडगको भुमिका भने जारी राख्नुहोस् ।’

फिल्मसिटीका अभियन्ता मदनदास श्रेष्ठले पछिल्लो समय केही कलाकारहरु नै फिल्मसिटी निर्माणका बिरुद्ध लागेको बताए । ‘दोलखामा फिल्मसिटी बनेन भने अर्को २० वर्ष नेपालमा फिल्मसिटी बन्दैन, त्यसकारण जसरी पनि बनाउनै पर्छ ।’

चलचित्र क्षेत्रमा रहेका केही ब्यक्तिहरु नकारात्मक सोचको भएकाले निर्माणको काम ठप्प भएको धारणा राख्ने श्रेष्ठले भने-‘फिल्मसिटी केबल दोलखालीका लागि मात्रै हैन, आम चलचित्रकर्मीका लागि हो ।’

प्रथम नायिका भुवन चन्दले फिल्मसिटी निर्माण चलचित्रकर्मीका लागि अतिआवश्यक भएको धारणा राखिन् । अर्की नायिका लक्ष्मी गिरीले सुरु भएको कामलाई नविथोल्न आग्रह गरिन् । कलाकार कृष्ण मल्लले यो अभियानमा चलचित्रकर्मीलाई पनि साथ लिएर अघि बढ्न आग्रह गरे ।

कसले गर्‍यो फिल्मसिटी निर्माणको परिकल्पना
नेपालमा फिल्म निर्माण सुरु भएको ६० वर्ष बितेपनि अहिलेसम्म सुविधासम्पन्न फिल्म स्टुडियो निर्माण भएको छैन । साबित्री सदन, बटम प्यालेस, मह स्टुडियो आदिले अहिलेसम्म स्टुडियोको साख धानेका छन् ।

काठमाण्डौको ताहाचलमा रहेको साबित्री श्रेष्ठको निजी घरलाई एक दशकसम्म चलचित्रकर्मीले स्टुडियो नै बनाए ।

तीन हजार तिरेपछि दिनभरि सुटिङ गर्न पाईने उक्त घरमा एकै दिन तीनवटा सम्म फिल्मको सुटिङ हुन्थ्यो ।

फिल्म निर्माण संख्या बढ्दै गएपछि चलचित्रकर्मीलाई पनि स्टुडियोको महसुस् हुन थाल्यो । तर, फिल्म स्टुडियो निर्माण गर्ने विषयमा कसैले चासो दिएको थिएन ।

शम्भुजित वास्कोटा चलचित्र विकास बोर्डको अध्यक्ष भएको बेला फिल्मसिटीको परिकल्पना गर्दै बोर्डले एउटा योजना बनाएको थियो । कार्यान्वयन गर्ने वेलासम्म बास्कोटा रिटायर्ड भैसकेका थिए ।
बोर्डको अध्यक्षमा गणेश भण्डारी नियुक्त भएपछि बास्कोटाको त्यही योजना अनुसार कास्कीको धिताल गाउँमा फिल्मसिटी बनाउने घोषणा गरे ।

फिल्मसिटी अवलोकन गर्न भन्दै वोर्डका प्रतिनिधी चार पटकसम्म धिताल गाउँ पुगेर फूल माला लगाएर आएका छन् । अन्तिममा जग्गा कम भएको भन्दै धिताल गाउँमा स्टुडियो निर्माण रद्ध गरिएको थियो ।

धिताल गाउँको कार्यक्रम रद्द भएपछि बोर्डकै प्रतिनिधीले दोलखाको डाङडुङे डाँडालाई रोजेका थिए । सामुदायिक बन अन्तर्गत पर्ने डाङडुङे डाँडाको जैबिक एवं भौगर्भिक अध्ययन समेत भईसकेको छ ।

अर्को कुरा यो डाँडामा फिल्मसिटी बनाउदा कसैलाई पनि मुआब्जा तिर्न पर्दैन । ‘डाङडुङे डाँडा सुख्खा डाँडा भएकाले कसैलाई हानी गर्दैन ।’ कलाकार मदनदास श्रेष्ठले भने ।

ओली हरियो फाँट मास्न खोज्दैछन्
गम्भिर बहसमा पनि हाँसो मजाक गर्न मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तै पालुङटार आसपासमा स्मार्टसिटी बन्यो भने ठूलो खेती योग्य जमिन कंक्रिटको शहरमा परिणत हुने कलाकर्मीको भनाई छ ।

‘प्रधानमन्त्री ओलीले अहिले जुन ठाउँको कुरा गरिरहनु भएको छ त्यो ठाउँ भनेको गण्डक क्षेत्रको अन्न भन्डार हो ।’ नाम उल्लेख नगर्ने सर्तमा गण्डक क्षेत्रकै एक कलाकारले भने ‘त्यहाँ फिल्मसिटी बन्यो भने खेतीयोग्य जमिन मासिन्छ ।- See more at: http://www.onlinekhabar.com/2016/01/371130/#sthash.w9rwnekM.dpuf
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment