नाका खोल्न सेना प्रयोग गर्नुपर्छ: नेपाल

Advertisement
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल मधेस आन्दोलनमा सरकारले 'जस्टिफाई' हुनेगरी सबै विधि प्रयोग गर्नुपर्ने पक्षमा देखिएका छन्।

सरकारले नजान्दा मधेस आन्दोलनका कारण नाकाबन्दी बेहोर्नुपरेको उनको धारणा छ।नेपालले जस्टिफाई हुने गरी राजमार्ग र नाकामा सेना प्रयोग गर्न सकिने बताए। 'धर्ना बसेका नाकामा सशस्त्र, जनपद र सेनासमेतको प्रयोग गरेर नाका खुलाउन सकिन्छ', सोमबार उनकै निवास कोटेश्वरमा अन्नपूर्णका चूडामणि भट्टराई, चिरञ्जीवी ढुंगाना र बालकुमार नेपाललाई अन्तर्वार्ता दिँदै नेपालले भने।

अहिलेको नाकाबन्दीको विकल्प खोज्न सरकार उदासीन रहेकाले जनताले दुःख पाइरहेको उनले बताए। नेपालले विगतमा भारतसँग मात्र निर्भर भएका कारण अहिलेको यो अवस्था आएको सांकेतिक रूपमा बताए।

‘चीनसँग उच्च तहमा राम्रो गरी कुरा हुन सकेन। राम्रो गरी कुरा राख्न नसकेका कारण चीनबाट आउनुपर्ने सामान आएन। राम्रोसँग कुरा हुनसके चीनले दस वर्षमा गर्ने काम एक वर्षमा गरेर देखाइदिन्छ', नेपालले भने।

उनले विगतको कोइराला सरकारभन्दा अहिलेको सरकारले गरेको फरक काम बोल्नेमात्र भएको आरोप लगाए। आफ्नै पार्टीका अध्यक्ष केपी ओली पार्टीमा कुनै सरसल्लाह नगरी निरंकुश शैलीमा चलेको पनि नेपालले बताए

- See more
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment