Advertisement
काठमाडौँ, २० पुस । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित अस्वस्थ भई नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना हुनुभएको छ उहाँलाई मधुमेह, उच्च रक्तचापको समस्या भएपछि आइतबार साँझ अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव ओसिम आलमले जानकारी दिनुभयो ।
अस्पतालका प्रमुख डा बिमल थापाको समूहले अहिले उहाँको उपचार गरिरहेको छ । नेता पण्डितको आँखामा समेत समस्या देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने बताइएको छ ।
मधुमेहलाई सामान्य अवस्थामा ल्याएपछि उहाँको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले अझै एक सातासम्म अस्पताल बस्नुपर्ने आलमले जानकारी दिनुभयो ।
Advertisement
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment