काठमाडौंको नयाँबसपार्क नजिकैबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
आइतबार राति नयाँबसपार्क नजिक पुलमा बा.१ ज ४४३४ नम्बरको ट्याक्सी शंका लागी चेकजाँच गर्दा पेस्तोल बरामद भएको हो ।
सामाखुशी बस्ने रसुवा सैलुङ-३ घर भएका २५ बर्षीय कुमार थापा लामिछाने र काठमाडौं नेपालटार बस्ने सिन्धुपाल्चोक ठुलोपाखर- घर भएका १७ बर्षीय युवराज लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरुवा बन्दुक बरामद
यस्तै इलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको गस्ती प्रहरी टोलीले मोरङको केरावारी-७ स्थित बिमिरे जंगलबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ ।
गस्तीमा खटिएको प्रहरी टोली आइतबार राति उक्त स्थानमा पुग्दा अपरिचित व्यक्तिहरुले प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त भरुवा बन्दुक फालेर भागेका थिए ।

0 comments:
Post a Comment