मधेसका केही नेता आफूलाई मसिहा ठान्छन् : प्रचण्ड/नाका जति चाँडो खुल्यो, मधेसी दललाई त्यति नै फाइदा

Advertisement


फोटो :फाइल फोटो
नाका जति चाँडो खुल्यो, मधेसी दललाई त्यति नै फाइदा
महोत्तरीः एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमामा भएको अवरोध जति छिटो खुल्यो, त्यति नै बढी राजनीतिक फाइदा मधेसवादी दलहरुलाई हुने बताएका छन् ।

एमाओवादी प्रदेश नं. २ को बैठकलाई महोत्तरीको बर्दिवास सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेसका केही नेताले आफूलाई मसिहा ठान्ने गरेको आरोप लगाए । ‘मधेसमा केही मानिस आफूलाई मधेसको मसिहा ठान्छन्’, उनले भने, ‘मधेसी जनता उनीहरुको भ्रमबाट मुक्त हुन जरुरी छ ।’

उनले एमाओवादी वर्तमान समस्याको समाधानका लागि गम्भीर भएर लागेको बताए । ‘समस्या समाधानका लागि एमाओवादीले देखाएको गम्भीरता जनताले बुझेका छन्’, उनले भने, ‘तर केही मान्छे यो प्रक्रिया भाँड्नतिर लागेका छन् ।’

उनले आफूहरुले जनयुद्धका क्रममा तीन महिना एकपक्षीय युद्धविराम गर्दा शान्ति सम्झौता सम्भव भएको दाबी गर्दै मधेसवादी दललाई पनि सहमतिमा आउन अपिल गरे ।

‘हामी युद्धमा हुँदा तीन महिना एक पक्षीय युद्धविराम गरेका थियौं, जसले गर्दा ज्ञानेन्द्र शाहले अमेरिका भ्रमण रोकेका थिए, युद्धविराम नगरेको भए १२ बुँदे सहमति पनि हुँदैनथ्यो’, उनले भने, ‘यो कुरा मैले मधेसवादी दलहरुलार्इृ बारम्बार भन्ने गरेको छु ।’

उनले आइतबार हुने भनिएको निर्णायक वार्ता नभएपनि आफूहरुले प्रयास जारी राखेको बताए । अहिलेसम्म भएका वार्ता र छलफलका प्रयासहरु एमाओवादीकै पहलमा भएको पनि उनले दाबी गरे ।

सदनमा मन्त्रीहरुको जवाफ सकिएपछि दुइटै विधयकहरु अगाडि जाने उनको भनाइ थियो । सबैले मान्न तयार भए हिजो भनिएको सीमाङ्कनको क्लष्टर आफूहरुले पनि मान्न तयार रहेको अध्यक्ष प्रचण्डले जानकारी दिए । उनले सीमांकनको विवाद तीन महिनाभित्र टुङ्गो लगाउनेबारे सबै पार्टी नजिक पुगेको बताए ।

देशको अवस्था नै जटिल रहेका बेला पनि ओली सरकारमा गएका आफ्ना मन्त्रीहरुको काम प्रभावकारी बनाउन आफ्नो पार्टीले समीक्षा गरिरहेको प्रचण्डले बताए ।

मधेसमा बाबुराम भट्टराईको पक्षमा एमाओवादी नेता कार्यकर्ता लागेको बारे सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष प्रचण्डले वास्तविक माओवादी अहिले पनि एमाओवादीमै रहेको स्पष्ट पारे ।
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment