काठमाडौं, १९ पुस – रेलमार्ग र तेलको पाइपलाइन विस्तारको विषयमा छलफल गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने संकेत देखाएका छन्।
तिब्बत रेलमार्ग काठमाडौंसम्म विस्तार गर्ने, तेलको पाइपलाइन जोड्ने लगायत केही महत्वपूर्ण विषयमा भइरहेको गृहकार्य निष्कर्षमा पुग्यो भने राष्ट्रपति सी जिनपिङको भ्रमण आयोजना गर्न बेइजिङले तयारी थालेको छ।
बेइजिङमा गत साता विदेशमन्त्री तहमा भएको दुईपक्षीय वार्तामा उच्चस्तरीय भ्रमणको विषयले निकै महत्व पाएको थियो। चीनले प्रधानमन्त्री केपी ओलीलाई चाँडै चीन भ्रमण गर्न आमन्त्रण गरेको छ भने चीनबाट पनि उच्च भ्रमण हुने प्रतिबद्धता आएको छ।
पेट्रोलियम पदार्थको व्यापारिक कारोबारका लागि पहल गर्ने र केही अन्य मुद्दामा छलफल गर्ने सामान्य तयारीमा बेइजिङ पुगेको उप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको टोली दुई देशबीच दीर्घकालीन आर्थिक सम्बन्ध विस्तारको खाकासहित फर्केको छ।
बेइजिङमा बनेको आठबुँदे खाकामा जोइन्ट इकोनोमिक एन्ड ट्रेड कमिसन तथा मन्त्री वा उपमन्त्री तहमा विस्तृत गृहकार्य गरी सम्झौताको अन्तिम दस्तावेज तयार गर्ने र शीर्ष नेतृत्वको भ्रमणमा त्यसलाई औपचारिकता दिने तयारी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै चीन भ्रमण गरे भने पेट्रोलियम पदार्थको कारोबार लगायत केही विषयमा बेइजिङमा सम्झौता हुन सक्नेछ। तर नेपाल–चीन सम्बन्धमा ‘ब्रेक थ्रु’ चाहीं राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा हुने संकेत बेइजिङको छ।
सामान्यतः फेब्रुअरी महिनासम्म तयार भइसक्ने चीनका राष्ट्रपतिको विदेश भ्रमण तालिकामा यो बर्ष नेपाल पर्ने विश्वास धेरैको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमण अनिश्चित बन्दै गयो भने चिनियाँ राष्ट्रपतिको भ्रमण पहिले हुन पनि सक्छ।- See more

0 comments:
Post a Comment