नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको हो। आइतबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ६२ डलर छ।
डलर मजबुत बन्दै गएकाले सुनको भाउ अझै घट्न सक्ने अनुमान गरिएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो। डलर मजबुत हुँदा सुनमा लगानी गरेकाले अरु क्षेत्रमा लगानी गर्ने भएकाले भाउ सस्तिने सम्भावना रहन्छ।
अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आउनुका साथै शेयर बजार उकालो लागेकाले पनि सुनको भाउ सस्तिने अनुमान गरिएको शाक्यले बताउनुभयो। सुनको भाउ गएको हप्ता झण्डै स्थिर जस्तै रहेको थियो। आईतबारदेखि लगातार ४ दिनसम्म स्थिर रहेको भाउ विहिबार भने केहि घटेको थियो।
आइतबारदेखि शुक्रबारसम्म तोलाको ४८ हजार ३ सय रुपैयाँ रहेको भाउ बिहीबार घटेर ४८ हजार रुपैयाँमा झरेको थियो भने शुक्रबार पनि त्यहि भाउ कायम भएको थियो। चाँदीको भाउ भने गएको ८ गतेदेखि नै स्थिर छ। चाँदी तोलाको ६ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ
0 comments:
Post a Comment