Jogbani Mahato, including kutinuko secret was uncovered videos - See more at

Advertisement

सद्भावना पार्टीका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सक्रिय नेता राजेन्द्र महतो नाकामा धर्ना दिँदै गर्दा प्रहरीसँगको झडपमा कुटिनुको रहस्य खुलेको छ ।
मधेशी मोर्चामा आबद्ध महतो बाहेकका अन्य नेताले नै झडपमा महतो कुटिनुको रहस्य खुलाएका हुन् । महतो मार्चोको सहमती विपरीत धर्ना बस्न गएको बताइएको छ । मोर्चाले जोगबनी नाकामा धर्ना नबस्ने निर्णय गरे पनि ११ पुसमा महतो जोगबनी नाकामा धर्ना बस्न पुगेका थिए ।
काठमाण्डौंमा त्रिपक्षीय वार्ता चलिरहेको बेला उनी धर्ना बस्न जानु गलत भएको मोर्चाको नेताहरुको टिप्पणी छ । मधेशी मोर्चाभित्रै पनि राजेन्द्र महतोले अन्य नेताविरुद्ध भ्रामक प्रचार गर्दै सस्तो लोकप्रियताका लागि धर्ना दिने, जनतालाई दुख दिने लगायतका काममा अग्रसर भएको कारण प्रहरीले हस्तक्षेप गरेको संघीय समाजवादी फोरमका एक नेताले बताए ।
मोर्चाभित्रै बसेर उपेन्द्र यादव र महन्थ ठाकुरलगायतका नेताविरुद्ध भ्रामक प्रचारबाजी गर्नु र आन्दोलनको विपक्षमा रहेको आरोप लगाएर महतो आफू क्रान्तिकारी बन्न खोजेको अन्य नेताहरूको भनाइ छ ।

महतोले यादवलाई चीनको पक्ष लिएको आरोपसमेत लगाएका थिए । चिनियाँ झन्डा जलाउनु गल्ती चीनको झन्डा जलाउने गम्भीर गल्ती महतोबाट भएको मोर्चाका नेता उपेन्द्र यादवको भनाइ छ । ६ असोजमा राजविराजमा बसेको मोर्चाको बैठकमा यादव र महतोबीच यस विषयमा चर्काचर्की परेको थियो ।

वार्ताको विरोधी भएका कारण महतोमाथीको प्रहरी हस्तक्षेपलाई मोर्चाले गम्भिर रुपमा नलिएको बुझिएको छ । वार्ताको मिति तोकिएलगत्तै महतो नाकामा गएर आन्दोलनकारी उचाल्ने र प्रहरीबीच भिडन्त गराई वार्ता्विरोधी गतिविधि गर्ने काम गरेको आरोप उनीमाथि लागेको छ । महतोका आप्mनै कारणले प्रहरी हस्तक्षेप गर्न बाध्य भएको मोर्चाभित्रैका नेताको ठहर छ ।

भिडियो ==>

- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment