गसिप बजारमा सलमानकी प्रेमिका भनेर चर्चा पाएकी रोमानियाकी मोडल लुलिया वन्तुरलाई उनको प्रेम भारी पर्ने छनक देखिएको छ । सलमान खानको जन्मदिनमा लुलियाले देखाएको व्यवहारले यी दुइको प्रेममा असर पर्ने संभावना बढेको छ ।
एक चर्चित अंग्रेजी वेभसाइटका अनुसार डिसेम्बर २७ मा जतिबेला सलमान जन्मदिन मनाउनमा व्यस्त थिए, लुलिया पनि सहभागी थिइन् । वेभसाइटका अनुसार सलमान र लुलियाको केही समय विवाद भएको थियो । विवादको मुख्य कारण, लुलियाको केही अतिथीसँग ज्यादा नजिकिदो व्यवहार थियो ।
लुलियाले केही अतिथीसँगै ओभरफ्रेन्डली व्यवहार देखाएपछि सलमान आक्रोशित भएका हुन् । तर, सलमानले आफ्नो आक्रोशपूर्ण व्यवहार लुलियालाई देखाएनन् । नम्र स्वभावमा सलमानले आफ्नो असन्तुष्टी लुलियासँग पोखेका थिए ।
सलमानकी प्रेमिका भनेर चर्चामा आएकी लुलिया अथितीहरुसँग ज्यादा नजिकिएको यी चर्चित नायकलाई मन नपरेको हुनसक्छ ।- See more
0 comments:
Post a Comment