निद्रामै हिँडेर ६० फुटको भिरबाट हाम फालेपछि….
तर अमेरिकामा भने यस्तै घटना भएको छ । समाचार अनुसार न्युयोर्कमा एक युवक यसरी निद्रामै भिरबाट हाम फालेका हुन् । सँगीसाथी भएर जंगलमा घुम्न निस्किएका उनीहरु त्यो रात त्यहीँको एक ठूलो चट्टान नजिकै क्याम्प खडा गरेर सुतेका थिए ।
तर जब मध्यरातमा एकजनाको निद्रा खुल्यो तब उनले आफ्नो साथीलाई ओछ्यानमा देखेनन् । सुरुमा त उनलाई साथी कतै टहल्नका लागि गयो होला भन्ने लागेको थियो । तर धेरैबेर सम्म नफर्केपछि साथीहरु उनलाई खोज्न निस्किए । खोज्ने क्रममा उनी घाइते अवस्थामा फेला परे । अन्ततः थाहा भयो की ती युवकको त निद्रामा हिड्ने बानी रहेछ र उनी सोही भिरबाट निद्रामै हाम फालेछन् ।
यसरी हाम फालेर तल झरेपछि ती युवा घाइते भएर छटपटाइरहेका थिए । उनलाई तत्कालै नजिकको अस्पताल पूराइयो । उनको सरीरका विभिन्न ठाउँमा चोटपटक लागेको र हड्डी समेत भाँचिएको बताइएको छ । धन्न ज्यान भने जोगियो ।- See more at: http://www.onlinekhabar.com/2016/01/370081/#sthash.mxS6YCHa.cj2mFaqz.dpuf

0 comments:
Post a Comment