काठमाडौं, २१ पुस - नेपाल आयल निगमले निजी चार पाङग्रे गाडीलाई काठमाडौं उपत्यकाका ५३ वटा पेट्रोल पम्पबाट पेट्रोल वितरण गर्दैछ। निजी कार, जीपलाई बुधबारदेखि लटका आधारमा दिन बिराएर पेट्रोल बाँड्ने तयारी अनुसार निगमले पेट्रोल पम्प तोकेको हो। निगमका अनुसार बुधबार १ देखि ६ लटसम्मका निजी कार जीपले पेट्रोल पाउनेछन्। यस्तै २४ गते ७ देखि १० लटसम्मका र २७ गते ११ लट भन्दा माथिका कार र जीपलाई पेट्रोल दिइने नेपाल आयल निगमले जनाएको छ। तोकिएको पम्पबाट बुधबार बिहान ९ बजेदेखि पेट्रोल बिक्री हुने र तोकिएको लट नम्बर अनुसार मात्र लाइन बस्न निगमले आग्रह गरेको छ। पेट्रोल भर्न जाँदा नविकरण भएको ब्लु बुक अनिवार्य बोक्न पनि निगमको अनुरोध छ। निजी कार जीपलाई बुधबार पेट्रोल बाँड्नका लागि पम्पलाई मंगलबार पेट्रोल उपलब्ध गराईनेछ।
Pvt Nepal Oil Corporation, 53 private vehicles petrol Oil Distribution (including full details) :: Read More News>
काठमाडौं, २१ पुस - नेपाल आयल निगमले निजी चार पाङग्रे गाडीलाई काठमाडौं उपत्यकाका ५३ वटा पेट्रोल पम्पबाट पेट्रोल वितरण गर्दैछ। निजी कार, जीपलाई बुधबारदेखि लटका आधारमा दिन बिराएर पेट्रोल बाँड्ने तयारी अनुसार निगमले पेट्रोल पम्प तोकेको हो। निगमका अनुसार बुधबार १ देखि ६ लटसम्मका निजी कार जीपले पेट्रोल पाउनेछन्। यस्तै २४ गते ७ देखि १० लटसम्मका र २७ गते ११ लट भन्दा माथिका कार र जीपलाई पेट्रोल दिइने नेपाल आयल निगमले जनाएको छ। तोकिएको पम्पबाट बुधबार बिहान ९ बजेदेखि पेट्रोल बिक्री हुने र तोकिएको लट नम्बर अनुसार मात्र लाइन बस्न निगमले आग्रह गरेको छ। पेट्रोल भर्न जाँदा नविकरण भएको ब्लु बुक अनिवार्य बोक्न पनि निगमको अनुरोध छ। निजी कार जीपलाई बुधबार पेट्रोल बाँड्नका लागि पम्पलाई मंगलबार पेट्रोल उपलब्ध गराईनेछ।
0 comments:
Post a Comment