‘नाकाबन्दी नहटेसम्म प्रधानमन्त्री ओलीले भारत नटेक्ने’ - See more at:

Advertisement

सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले भारतले अहिले नेपालविरुद्ध अघोषित रुपमा लगाएको नाकाबन्दी नहटाएसम्म वर्तमान प्रधानमन्त्रीले भारत नटेक्ने बताएकी छन् । ‘एकातिर भारतले नेपालका प्रधानमन्त्रीलाई फोन गरेर भारत भ्रमण गर्न निम्तो दिन्छ्’, प्रेस चौतारी नेपाल उदयपुरद्वारा आइतबार सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘अर्कातिर नेपालमा अघोषित रुपमा आर्थिक नाकाबन्दी लगाएर नेपाली जनतालाई महासङ्कटमा पार्छ ।’भारतले हेपाहा प्रवृत्ति देखाइ सीमा नाका र दशगजा क्षेत्रमा भारतीय जनता र सुरक्षाकर्मीलाई नै नेपालविरुद्ध आन्दोलन गर्न मधेसीलाई सघाइरहेको उनको दाबी थियो । ९० प्रतिशत भन्दा बढी जनप्रतिनिधिद्वारा पारित भएर जारी भएको संविधानलाई १० प्रतिशत आन्दोलनकारीले बन्धक बनाउन खोजिरहेको आरोप पनि लगाइन् । उनले उत्तरी छिमेकी देश चीनसँगको व्यापारिक सम्झौता तथा उत्तरी नाका खोलेर दुई देशबीचको व्यापार सहज बनाउन प्रधानमन्त्री छिट्टै चीन भ्रमणमा जाने उनले बताइन् । रासस - See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment