African countries, Eritrea, men who practiced polygamy jail sentence :: Read More News

Advertisement

काठमाडौँ, १४ पुस - अफ्रिकी मुलुक एरिट्रिया सरकारले आफ्नो देशका पुरुषले अनिवार्य रुपमा कम्तिमा दुई महिलासँग विवाह गर्नुपर्ने नियम ल्याएको खबर सार्वजनिक गरेको छ।

एरिट्रिया सरकारले यसरी बहुविवाह नगर्ने पुरुषलाई जेल सजाय गर्ने व्यवस्था सहितको नियम ल्याएको नाइजेरियाको अनलाइन समाचार संस्था व्हिसलरले जनाएको छ।

इथियोपियासँगको युद्धको क्रममा देशका धेरै पुरुषको ज्यान गएको र अहिले महिला धेरै तर पुरुष कम भएकाले एक पुरुषले कम्तिमा दुई जना महिलासँग विवाह गर्नु पर्ने बाध्यकारी नियम ल्याएको खबरमा उल्लेख छ। अरबिक भाषामा लेखिएको वक्तव्यमा बहुविवाहलाई सरकारी समर्थन रहेको उल्लेख गरिएको छ।

नाइजेरियाका अधिकारकर्मीले अरबिक भाषामा लेखिएको वक्तव्यलाई अंग्रेजीमा अनुवाद गरेका छन् । ुसरकारी वक्तव्यमा ल अफ गड इन पोलिगमी अर्थात बहुविवाहमा भगवान हुन्छन् भन्ने कानून अनुसार देशमा अहिले पुरुषको संख्या कम भएको अवस्थालाई मध्यनजर गरी धर्मसम्बन्धी विभाग बहुविवाहलाई कानूनी मान्यता दिने निणर्यमा पुगेको छ । यो नियम अनुसार हरेक पुरुषले कम्तिमा दुई महिलासँग विवाह गर्नु पर्ने छ । बहुविवाह गर्न नमान्ने व्यक्तिलाई कठिन श्रमसहितको जन्म कैदको सजाय दिइने छ।’

यस्तै आफ्नो श्रीमानलाई बहुविवाह गर्नबाट रोक्ने महिलालाई पनि जन्म कैदको सजाय हुने खबरमा उल्लेख छ । सन् १९९८ को मेदेखि सन् २००० को जुनसम्म इथियोपियासँगको युद्धको क्रममा एरिट्रियाका एकलाख ५० लाख सुरक्षाकर्मीको ज्यान गएको थियो।

जम्मा चालिस लाखको हाराहारीमा जनसंख्या रहेको एरिट्रियामा पुरुषको संख्या कम हुँदा महिलाको विवाहमा समस्या भएको छ। महिला अधिकारकर्मीले भने यसले महिलाको स्वाभिमानमाथि प्रहार गरेको भन्दै विरोध गरेका छन्। कतिपय मानिसले भने यसलाई रमाइलोका रुपमा लिएका छन्।

खबरप्रति प्रतिक्रिया जनाउने जर्ज डोनेली नाम गरेका व्यक्तिले दुई महिलासँग विवाह गर्न नभए कडा श्रमसहितको जन्म कैद भोग्नु पर्ने व्यवस्था प्रति व्यंग्य गरेका छन्। उनले भनेका छन् ‘दुई महिलासँग विवाह गर्नु र कडा परिश्रमसहितको जन्मकैद उस्तै कुरा हो र ?’ एरिट्रियासँग सीमा जोडिएका देशका नागरिकले आफ्नो देशको नागरिकता त्यागेर एरिट्रिया जान चाहेको बताएका छन्। एजेन्सी- See more at
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment