सरकारलाई अन्तिम धक्का दिन भन्दै मधेसवादी दलका युवा विद्यार्थी संगठनले सोमबार राजविराजमा विशाल प्रदर्शन गरेका छन् ।

Advertisement

२० पुस, सप्तरी । सरकारलाई अन्तिम धक्का दिन भन्दै मधेसवादी दलका युवा विद्यार्थी संगठनले सोमबार राजविराजमा विशाल प्रदर्शन गरेका छन् ।

जारी आन्दोलनमा राजविराजमा हालसम्म गरिएका प्रदर्शनमा यो सबैभन्दा ठूलो जुलुस मानिएको छ । प्रदर्शनमा हजारौं युवा तथा विद्यार्थी सहभागी भएका छन् । स्थानीय राज रंगशालाबाट निकालिएको जुलुसले नगरको बिभिन्न भाग परिक्रमा गरेको छ ।

राजविराजस्थित ५० भन्दा बढी निजी विद्यालय, डेढ दर्जन सामुदायिक विद्यालय, दुई दर्जन क्याम्पस, आधा दर्जनको संख्यामा रहेका प्रविधिक क्याम्पसका विद्यार्थी, शिक्षक एवं मधेसी मोर्चाका युवा तथा विद्यार्थी नेता तथा कार्यकर्ताको सहभागितामा विशाल बिरोध जुलुस प्रदर्शन गरिएको हो ।

विद्यार्थीहरुले सरकारबिरुद्व प्रदर्शन गरिरहँदा मुलुककै पहिलो टाउन प्लानिङ्ग शहर राजविराजको मुख्य बजार क्षेत्र भरिभराऊ बनेको थियो । करिब एक घण्टासम्म सडकमा साइकल तथा मोटरसाइकल कुदाउन समस्या भएको थियो । प्राविस्तरको कक्षा ५ देखि स्नातकस्तरका विद्यार्थीहरुले प्रदर्शनमा सहभागिता जनाएका थिए ।

उनीहरुले निरंकुश सरकार, राजीनामा देऊ, मधेसीको माग पूरा गर, दमन गर्ने काम बन्द गर, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरसहितका नारा लगाएका थिए । कतिपय विद्यार्थी आ-आफ्नो विद्यालयको पोशाकमा त कतिपय बिना पोशाकमै सहभागी भएका थिए ।

बिरोध जुलुस प्रदर्शन पश्चात स्थानीय गजेन्द्र चोकमा बिरोध सभाको आयोजना गरिएको थियो । बिरोधसभालाई सम्बोधन गर्दै मोर्चाका युवा नेताहरुले सरकारले माग पूरा नगरेसम्म सशक्त आन्दोलन जारी रहने बताए । उनीहरुले अबको आन्दोलन आफूहरुले गर्ने समेत बताए ।

संघिय समाजवादी विद्यार्थी फोरमका केन्दि्रय इन्चार्ज अशोक यादवले मधेशी मोर्चामा फुट आउन लागेको भनी आइरहेको हल्ला निराधार भएको बताउँदै मोर्चा फुटेर नभई जुटेरै आन्दोलन गर्ने बताए ।

सद्भावनाका विद्यार्थी संगठन विद्यार्थी मञ्चका केन्दिय अध्यक्ष किशोर कुमार यादवले आन्दोलन शिथिल भएको भन्नुले मनको लड्ड् घ्यूसँग खानु जस्तै भएको बताए । उनले पनि मोर्चालाई कुनै पनि हालतमा टुक्रिन नदिने बताउँदै मोर्चा एक भएर आन्दोलन शुरु गरेको र एक भएर नै निष्कर्षमा पुर्‍याउने बताए ।

युवा तथा मधेशी विद्यार्थीका प्रबक्ता चन्दन यादवले यत्रो ठूलो प्रदर्शन कास्टिङ्ग मात्रै भएको बताउँदै अबका दिनमा अझ सशक्त आन्दोलन गर्दै अगाडि बढ्ने बताए ।- See more at: http://www.onlinekhabar.com/2016/01/370901/#sthash.S9dTUyYa.eQ0eeH4z.dpuf
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment