वैदेशिक रोजगारीमा जानेले मिर्गौला बिगारे

Advertisement

२१ पुस, काठमाडौं । रोजागारीका लागि खाडी मुलुक र मलेसिया जानेहरुमा मिर्गौला फेल हुने समस्या बढी देखिएको अस्पतालहरुको अनुसन्धानले देखाएको छ । खाडी मुलुक र मलेसियाबाट फर्कनेहरुमा मिर्गौलाको समस्या बढी पाइएको अस्पतालका तथ्याङ्कहरुले देखाउँछन् ।

टिचिङ अस्पतालमा मिर्गौला विभागका अनुसार औसत चार जना विदेशमा काम गरिसकेका बिरामी मिर्गौला बिगि्रएर आउने गरेका छन् । राष्ट्रिय अंग प्रत्यारोपण भएकामध्ये ४० प्रतिशत वैदेशिक रोजगारीबाटै आएको नागरिक दैनिकमा खबर छ ।

अहिलेसम्म एक सय ३० जनामा मिर्गौला प्रत्यारोपण भइसकेको छ । मिर्गौला बिग्रेर आउनेमा पहिलो नम्बरमा कतार छ । दुबई, मलेसिया र साउदीबाट आउने संख्या दोस्रो, तेस्रो र चौथा नम्बरमा छ । २० वर्षदेखि ४० वर्ष उमेर समूहका बढी भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

वैदेशिक रोजगारीमा गएका युवाका मिर्गौला बिगि्रनुको कारणबारे भने अहिलेसम्म अध्ययन नभएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

- See more
Advertisement
Share on Google Plus

About a

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment